देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खिसिक्क हाँसेकी !


हिजो अचानक आफैंलाई सम्झे
अनि त्यसलाई पनि
जो मसँगै सुतेकी थिई
पल्टिइएछि म पट्टी
अनि लात्ती हान्न थाली
हिफाजतसँग उत्तानो पारे
ऊ दुवै खुट्टाहरू फटफट गर्न थाली
यसरी दुई सुन्दर खुट्टाहरू चालेर
आफ्नो खुट्टाको बुढीऔँला
दुई हातहरूले तानेर
मुखमा पु¥याउने उसको यत्नबाट
सिर्जना भएको जीवनको मीठो संगीत
कतिचोटी खस्थ्यो
कतिचोटी तान्थी ऊ
संगीतको आरोह–अवरोह
सफल भएर बुढीऔँला चुस्नु अगाडि
मसँग खिसिक्क हाँसेकी थिई
त्यो हाँसोको अलौकिक आनन्दले
त्यसलाई पनि सम्झायो हिजो
जब माता विन्ध्यवासिनीको पाउमा झुकेको थिए
अनि सम्झायो उसको त्यो हाँसोलाई
जसले मेरै जन्मदिनमा
धरती छोएकी थिई