देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ गठबन्धनमा तत्कालै सामेल हुदैनौ :खनाल

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।
सोमबार पार्टीको सचिवालय बैठकपछि कुरा गर्दै उनले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे कुराकानी गरेपछि मात्र अन्तिम दृष्टिकोण बनाउने तर अहिले पर्ख र हेरको नीति लिइने बताए ।

नेकपा एसले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ। प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।