देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीका नगर प्रमुखलाई ज्यान मार्ने धम्की

देशान्तर

काठमाडौं। धनगढी नगरप्रमुख गाेपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्।

राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन्।प्रशासनका सूचना अधिकारी शिवराज जाेशीले नगर प्रमुखले पेश गरेकाे निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएकाे बताए।

प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भाेलि छलफलका लागि बाेलाइएकाे बताए। उनले व्यक्तिसंग छलफलपछिमात्र धम्की कारण थाहा हुने बताए।