काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीसँग पार्टी एकता नभई केही व्यक्ति प्रवेश गर्न लाागेको बताएका छन् । भट्टराईले बुधबार पत्रकार सम्मेलन गरीे माओवादी केन्द्रसँग एकता गर्न लागिएको भ्रमपूर्ण प्रचार भएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा केही मान्छे पार्टी प्रवेश भएको कुरालाई पार्टी मर्ज भएको ढंगले वक्तव्य आउनुले आफूहरू आश्चर्यचकित भएको भट्टराईले बताए । उनले उनीहरुको पक्षमा ४० प्रतिशत नपुगेका कारण सांसद पद जोगाउन सकस परेको भन्दै पद नखोस्ने आश्वासन समेत दिए । भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई कारबाही नगर्ने बताए ।
उनले ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । पत्रकार सम्मेलनमा उनले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । जनलोकपाल बनाएर सम्पत्ति छानबिनको आवश्यक रहेको उनको भनाई थियो ।





प्रतिक्रिया