देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहाडी भूभागमा वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै मध्यप्रदेश र ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव परेकाले आज दिउँसो मध्यान्नपछि देशभर मौसम आंशिक देखि साधारण बदली रही पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राती हल्का हिमपातको समेत सम्भावना रहेको छ ।