देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा नेपालको संसदीयदलको बैठक मंगलवार बस्ने

देशान्तर

काठमाडौँ। जनता समाजवादी पार्टी जसपा नेपालको संसदीयदलको बैठक मंगलवार बस्ने भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका हुन् । यादवले सोमबार कतारबाटै सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहान संसदीय दलको बैठक राखिएको जानकारी गराएका हुन्।

न्युयोर्कमा आयोजना भएको विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव हिजो आइतबार कतार पुगेका थिए ।

यादव कतार रहेकै अवस्थामा उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समय अनुसार मङ्गलवार बिहान १ बजे काठमाडौँ अवतरण हुने छन् ।