देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कनेक्टिकट राज्यमा `हामी नेपाली ग्लोबल´को सव च्याप्टर गठन

देशान्तर

काठमाडौं । प्रवासमा छरिएर रहेका नेपाली मनहरुलाई भावनात्मक रूपमा अझै सङ्गठीत गराई उनीहरुमा भातृत्वभाव जगाउनुपर्छ भन्ने उद्धेस्यले सन् २०१८ मा स्थापित हामी नेपाली ग्लोबल कनेक्टिकट राज्य बिस्तार गरिएको छ । अमृत लामाको अध्यक्षतामा स्थापना भएको संसारभरका ४२ देशमा र ती देशका विभिन्न शहरहरुमा विस्तार भएको हामी नेपाली ग्लोबल कनेक्टिकट राज्यमा पनि डा. जीत भण्डारीको अध्यक्षतामा १७ सदस्यीय सव च्याप्टर गठन भएको हो ।
केन्द्रका अध्यक्ष लामाको प्रमुख आतिथ्य तथा अध्यक्षतामा सम्पन्न भएको भेलामा सव च्याप्टर गठन गठन पुर्व ज्ञानु श्रेष्ठ, विष्णु विक्रम खड्का, मुना तिवारी, रामचन्द्र श्रेष्ठ, अमेरिका च्याप्टरका अध्यक्ष शोभाकान्त पाण्डे, राज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
अमेरिका च्याप्टरका महासचिव सूर्य सिँखडाले सञ्चालन गरेको कार्यक्रममा न्युयोर्क च्याप्टरका अद्यक्ष वीरेन्द्र जङ्ग केसीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने आमन्त्रितलाई सुप्रीना सिँखडा, रोमा पन्त ढकाल र कविता शर्माले खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा यतिबेला अमेरिका भ्रमणमा रहेका कवि तथा गीतकार प्रकाश सुवेदीले आफ्ना रचना प्रस्तुत गरेका थिए ।