देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीनवटा संसदीय समितिका बैठक बस्दै

देशान्तर

काठमाडौं ।  संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ ।

महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।