देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा सरकारलाई संसदबाटै एमालेको चुनौती: एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?

देशान्तर

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न भारत भ्रमणमा सीमामा निर्मित एकतर्फी बाँधबारे भारत सरकासँग कुरा प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै एमाले उपाध्यक्ष एवं सांसद अष्टलक्ष्मी शाक्यले भारत भ्रमणका क्रममा नरेन्द्र मोदीसँग दृढतापूर्वक अहिले आएको राष्ट्रिय विपत्तिको बारेमा कुरा गर्ने हिम्मत छ भनेर प्रश्न गरिन ।

उनले देउवालाई चुनौति निकट भविष्यमै हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने सुनेको बताईन्। दृढतापूर्वक अत्यन्नै राष्ट्रियताको भावनालाई माथि उँचो राखेर भारतसँग अहिले आएको विपदको बारेमा उनले आँट गरेर कुरा गर्न माग राखीन् । उनले भनीन् ‘कुरा गर्न सक्नुहुन्छ भन्ने अपेक्षा राख्न चाहन्छु हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट ‘ ।