काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)ले महामन्त्रीबाट निष्कासित डा. मुकुल ढकाललाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्टीकरणमा पार्टीविरुद्ध नियोजितरूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने ? आफ्ना आधार प्रमाण भनाइसहित २४ घण्टाभित्र जवाफ पठाउन भनेका छन् ।
ढकाललाई विभिन्न सञ्चारमाध्ययममा आएका उनका अभिव्यक्तिको सूचीसहित २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।





प्रतिक्रिया