देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुनालको सिरिज निर्देशनमा डेब्यू -असोज ५ गते देखि प्रसारणमा

देशान्तर

काठमाडौं । असोज ५ गते देखि प्रसारणमा ल्याउने गरी यस अघि सयौ म्युजिक भिडियो निर्देशन गरेका निर्देशक मुनाल शिशिर कोइरालाको निर्देशनमा वेब सिरिज ‘जस्ट लभ’ निर्माण गरिएको छ ।
योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गरिएको हो । कोइरालाले सिरिज निर्देशनमा यो डेब्यू हो ।
मेघा सिरिजको रुपमा निर्माण गरिएको ‘जस्ट लभ’मा कथा, पटकथा, संवाद र गीतसमेत कोइरालाकै रहेको छ ।
सिरिजमा बालदिप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल, निर्देशक कोइराला, सुभाष शाह, विशाल डंगोल, समीक्षा सानुलगायत कलाकारको अभिनय रहेको छ ।
हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायांकन रहेको छ टाइटल गीतमा दिपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वर रहेको छ ।
शहर केन्द्रीत कलेज प्रेमकथामा निर्माण गरिएको सिरिजको पहिलो भाग तीन दिनमा छायांकन सकिएको कोइरालाले देशान्तरलाई जानकारी दिए ।