देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लिटिल आइडल नेपाल २०२४ को पाचौं संस्करणको सोमवार देखि प्रशिक्षण

देशान्तर

काठमाडौँ । विगत दुई दशक देखि मोडलिङको क्षेत्रमा क्रियाशील ट्रिवेल फेशन कन्सर्न प्रालीले हरेक वर्ष आयोजना गर्दै आएको लिटिल आइडल नेपाल २०२४ को पाचौं संस्करणको प्रतियोगीताका लागि सोमवार देखि प्रशिक्षण सुरु हुने भएको छ । 

विभिन्न विधामा प्रतिस्पर्धा हुने उक्त प्रतियोगीता मा  गोकर्णेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालय र अन्य नगरपालिकाका समेत बालबालिकाले भाग लिने आयोजकले जानकारी दिएको छ । 

दशै तिहार लगत्तैहुने फाइनलका लागि सोमवारदेखि एक महिने प्रशिक्षण हुन लागेको हो । बिहीबार यस बारे आयोजक र प्रतिष्प्रर्धामा भाग लिने प्रतियोगीका अभिभावकबिच छलफल भएको थियो ।  

दुई जना अनुभवी प्रशिक्षकले प्रतिष्प्रर्धीहरुलाई एक महिना सम्म प्रशिक्षण दिए पछि फाइनलका लागि छनौट गरिने छ ।   गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा  हुने प्रतियोगीता जित्नेले नगद र  ट्रफी  पुरस्कार प्राप्त गर्ने अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।