देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस नेता विमलेन्द्र निधि कार्यबाहक सभापति

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई दिएका छन् । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोकेको पार्टी कार्यालयले जनाएको छ ।

त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल–पाल्पा, राधेचन्द्र यादव– बारा, र अमृत अर्याल– मोरङ तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित– काठमडौँलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गरको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको पार्टी केन्द्रीय अनुशासन समिति समेत गठन गरेका छन् ।