देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोट कलाकार समाज गठन

देशान्तर

काठमाडौँ ।  शनिवार काठमाडौँमा भएको एक भेलाले प्रचण्डबाबु राईको अध्यक्षतामा  नुवाकोट कलाकार समाजको गठन गरेको छ । 

 राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनिल थापामगर, कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ चयन भएका छन्। यस्तै, समाजको सदस्यहरूमा प्रसिद्ध सङ्गीत संयोजक साहस शाक्य  सहित प्रवीण डङ्गोल, सुजित श्रेष्ठ, ध्रुव तामाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोषी कार्की, सन्दीपसिंह थिङ र प्रेम राई रहेका छन्।

संस्थाको कानुनी सल्लाहकारमा गोकर्ण पुडासैनी, सल्लाहकारहरूमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषोत्तम डङ्गोल रहेका छन्।