देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँच लाखसहित दश जुवाडे पक्राउ

देशान्तर

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज बराल, जीवनाथ ढकाल, राजकुमार गुरुङ र मादी गाउँपालिका–१२ का प्रकाश ढकाललाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।