देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी माहोलमा : वरिष्ठ नेता पौडेल

देशान्तर

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताए ।

रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन ।
प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भने, “अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् ।

उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताए ।

पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँगे्रस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राखे ।

संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो ।