देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गौरा पर्व नेपालीको विशिष्ट पहिचानः प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा नेपालीको विशिष्ट पहिचान भएको बताएका छन्। गौरा पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यो पर्वको छुट्टै सांस्कृतिक महत्व रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ–‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो । भाषा, संस्कृति, वेशभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू हुन् । यसै सन्दर्भमा परापूर्वकालदेखि मनाइँदै आइएको गौरा पर्व नेपालीको विशिष्ट पहिचानसमेत हो ।

यस पर्वको महत्वलाई आत्मसात् गर्दै नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा लिई सार्वजनिक बिदाको व्यवस्था गरेको पनि स्मरण गराउन चाहन्छुु ।’ देउवाले यस पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्विको कामना गर्दै गौरा पर्वले नेपालीबीच सामाजिक सद्भाव र भ्रातृत्वपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।