देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रिमियर लिग : काठमाडौंले चितवनलाई दियो ११२ रनको लक्ष्य

देशान्तर

शनिबारबाट सुरू भएको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई एक सय १२ रनको लक्ष्य दिएको छ।

काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रन बनाएको हो। काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे।

महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए। माइकल लेभिटले १६ बलमा ४ चौका र एक छक्काको सहयोगमा २५ रन बनाए।

काठमाडौंको पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए। स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए।

चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए। एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो।

रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए।