देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछानेविरुद्ध पासपोर्ट दुरूपयोगमा मुद्दा चलाउन माग गरिएको रिट पेशीमा

देशान्तर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्धको रिटमा सर्वोच्च अदालतको पेशी परेको छ।

सोमबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशी परेको हो। उक्त इजलासको अन्तिमतिर परेको हुँदा सुनुवाइ हुने नहुने भने यकिन छैन।

युवराज सफलले २०७९ चैत २० गते महान्यायाधिवक्ता कार्यालय, तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग कालिकास्थान, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, निर्वाचन आयोग, रवि लामिछानेलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका थिए।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको पहिलो माग छ।