देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनपीएल : विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो एक सय ४० रनको लक्ष्य

देशान्तर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल खडा गर्यो।

उसका लागि ३५ बलको सामना गरेका स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए। बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए।

पहिलो खेलमा अर्धशतक बनाए पनि त्यसपछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान २ तथा कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए। पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।