काठमाडौं । काठमाडौंमा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
यो बिहान पौने ६ बजेको रेकर्ड हो । हिजो र अस्ति काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो ।
यसैबीच आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही ठाउँमा केहीबेर सामान्य बदली रहे पनि सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यका र तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ । यसैबीच आज चिसो झनै बढेको छ ।





प्रतिक्रिया