देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकामा एक चौथाई इन्धन केन्द्र बन्द

देशान्तर

काठमाडौं । पाँच दिनदेखि टेक्सस राज्यलाई अस्तव्यस्त पारिदिएको समुद्री आँधीले अमेरिकाभर इन्धन प्रवाहलाई नराम्रोसँग असर गरेको छ।
उक्त विपद्पछि कैयौँ तेल कम्पनीहरुले आफ्ना पाइपलाइन र प्रशोधन केन्द्र बन्द गरेका छन्।
आँधीपछिको बाढीका कारण सबैभन्दा ठूलो क्षति बेहोरेको ह्युस्टन शहर उर्जाको एउटा मुख्य केन्द्र रहि आएको थियो।
तर हार्भी नामक उक्त आँधीले अमेरिकाको एक चौथाई तेल प्रशोधन केन्द्रमा क्षति पुर्याएको छ जसका कारण पेट्रोलको मूल्य दुई वर्ष यताकै उच्चविन्दुमा पुगेको छ।
प्रभाव
ह्युस्टन शहरमा आकाश खुल्न थालेसँगै अब क्षतिको विवरण संकलन सुरु भएको छ।
उक्त आँधीले अमेरिकाको उर्जा केन्द्र रहेको यो शहरलाई लभभग ठप्प बनाइदिएको छ र उत्पादन केन्द्रहरु बन्द भएका छन्।
उक्त आँधी अब नजिकैको राज्य लुइजियाना तर्फ अघि बढिरहेको छ तर यहाँका मानिसहरुलाई पूर्ववत अवस्थामा फर्कन हप्तौ र महिनौंसम्म लाग्नसक्ने ठानिएको छ।
पछिल्लो विपदका कारण दशौँ अर्ब डलर बराबरको क्षति भएको ठानिएको छ।
क्षति
बाढीका कारण ५० हजार घरमा क्षति पुगेको छ।
कम्तीमा २० जनाको ज्यान गएको र १ लाख ९५ हजार भन्दा बढीले सरकारी सहयोगको माग गरेका छन्।
लुटपाट र सशस्त्र जत्थाबाट भएका चोरी डकैतीका विवरणसँगै गएराती ह्युस्टन शहरमा कर्फ्युको घोषणा गरिएको थियो।
तर बिहान मानिसहरु उठ्दा कतिपय ठाउँमा विस्तारै पानीको तह घट्दै गएको पाइएको छ तर आँधीका कारण मानिसहरुमा व्यापक निराशा छाएको छ। स्रोत विविसी