देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश बिरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर

देशान्तर

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन बिरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। उनी यसअघि बुटवलको सुप्रिम सहकारी ठगीमा समेत प्रतिवादी बनाइएका थिए । सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा उनी धरौटीमा छुटेका थिए । हाल उनी फरार छन् ।