देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने कार्यदलको निर्णय

देशान्तर

काठमाडौं । सत्तारुढदलको संयुक्त कार्यदलको बिहीबार बसेको बैठकले संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकले विपक्षी दलसँग छलफलका लागि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला मुख्य जिम्मेवारी दिएको छ ।


कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायत सहभागी थिए ।