देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भीम रावलको ३१ पानाको प्रेस वक्तव्य ओलीविरुद्ध अनेकौ प्रश्न : मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा

देशान्तर

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफ्नो ३१ पानाको प्रेस वक्तव्यको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनेकौ प्रश्न गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरे पछि आयोजित पत्रकार सम्मेलनमा अब उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ ।


रावलले केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र अधोगती तर्फ धकेलेको भन्दै अहिले एमाले रंग खुइलिएको बामाले भएको आरोप लगाए ।
उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताएका छन् ।