देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया उपचारका लागि लण्डन उडिन्

देशान्तर

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की प्रमुख बेगम खालिदा जिया उपचारका लागि लन्डन प्रस्थान गरेकी छन्।

बीबीसीको बंगाली सेवाका अनुसार उनी मंगलबार राति १० बजे कतारले पठाएको एयर एम्बुलेन्समा लन्डन प्रस्थान गरेकी हुन्।

बीएनपीका सहमहासचिव रुहुल कबिर रिजवीद्वारा जारी विज्ञप्तिमा खालिदा जिया राति ८ बजे गुलसन हाउसबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ। लन्डन पुगेपछि उनलाई सिधै क्लिनिकमा भर्ना गरिनेछ।

डाक्टरको अनुरोधमा उनलाई अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी अस्पतालमा पनि उपचारका लागि लैजान सकिन्छ। खालिदा जिया कलेजो सिरोसिस, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित छिन्।

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन्। उनी भ्रष्टाचार मुद्दामा जेल परेकी थिइन्। उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो।