देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयोगले बनाएको नयाँ निर्वाचन क्षेत्र चित्त बुझ्दो भएन: गच्छदार

देशान्तर

काठमाण्डौँ । उपप्रधान एवं स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले बनाएको नयाँ निर्वाचन क्षेत्रप्रति चित्त नबुझेको बताएका छन् । उनले क्षेत्र निर्धारण गर्दा आयोगका पदाधिकारीहरुले आफूहरुसँग कुनै सरसल्लाह नगरेको गुनासो पनि गरे ।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री गच्छदारले तराईरमधेसका जिल्लामा पाँच वटासम्म क्षेत्र घटाएको बताउँदै यसबारेमा आफूले जोडदार रुपमा आवाज उठाउने बताए ।

उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगले तीन महिना अघि नै आचार संहिता लागू गरेर सरकारलाई काम गर्न नदिएको पनि बताए । मुलुककै इतिहासमा अहिलेसम्म यति लामो आचारसंहिता लागू नभएको बताउँदै उनले यसले सरकारको दैनिक कामकाजमा समेत प्रभाव परिरहेको धारणा व्यक्त गरे ।

नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष समेत रहेका गच्छदारले मंसिर २१ गते हुने चुनावका लागि अहिले नै आचार संहिता लागू गर्न उचित नभएको बताए ।