देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थ्रेसहोल्ड संघमा पाँच प्रतिशत, प्रदेशमा तीन प्रतिशत !

देशान्तर

सिके राउतको विरोध

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालमा दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्। मौजुदा निर्वाचन कानुनमा प्रतिनिधि सभामा तीन प्रतिशत र प्रदेश सभामा डेढ प्रतिशतको थ्रेस होल्ड छ। अहिले त्यसलाई दोब्बर बनाउने गरी निर्वाचन कानुनको संशोधन प्रक्रिया अघि बढाएको उनले बताएका छन्।

धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको भन्दै राउतले सामााजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका हुन्।

‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन्,’ उनले भनेका छन्, ‘कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस्।

त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

समानुपातिक सिट प्राप्तिका लागि राजनीतिक दलले प्रतिनिधिसभामा सदर मतको कम्तीमा पाँच प्रतिशत र प्रदेशसभामा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राखेर सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको उनले बताएका छन्।