देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जबस मोर्चाको अधिवेशन गर्ने, जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गरेको थियो ।

यस्तै बैठकले विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने लगायतका निर्णय गरेको थियो ।