देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

देशान्तर

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको अमरगढी–३ मल्लो पथरोडाबाट श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान् पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर छन् । डम्बरले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई भरूवा बन्दुकले गोली हानेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

डम्बरले रक्सी सेवन गरी गोली हानेको प्रहरीले जनाएको छ। यसअघि पनि श्रीमान श्रीमतीबीच दैनिक झै–झगडा हुने गरेको खुल्न आएको प्रहरी स्रोतको भनाइ छ ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ । हत्याका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।