देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीसीटीभी फुटेज झिकाउन मागसहित रास्वपा सांसद कठायतले दिइन् निवेदन

देशान्तर

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रास्वपा सांसद विनिता कठायत र समिति सभापति कुसुम थापाबीच भएको चर्काचर्कीले नयाँ मोड लिएको छ।

रास्वपा सांसद कठायतले समितिका तर्फबाट अनुगमनका क्रममा पोखरा पुगेको बेला बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज मगाउन भन्दै समितिमा निवेदन दिएकी छिन्। साथै, उनले २९ पुसको होटलको बिल भर्पाई पनि झिकाउन भन्दै समितिमा निवेदन दिएकी हुन्।

सो अनुगमपछि काठमाडौंमा बसेको समितिको बैठकमा कठायतले पोखराको होटलमा मदिरा सेवन गरी आफ्नो पार्टीका सभापति तथा अन्य नेताहरूलाई अपमान गरेको बताएकी थिइन्। त्यसपछि समिति सभापति थापाले प्रमाण पेस गर्न चुनौती दिएपछि कठायतले निवेदन दिएर छानबिन गर्न माग गरेकी हुन्।