देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिवि परिषदले प्रधानमन्त्री एवम् कुलपति देउवाकै निर्देशन अवज्ञा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्नेु’ निर्देशन उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ।

‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हुँ, तर खनियाँ र कार्यकारी परिषद्ले स्थगनको मात्र निर्णय गरे’, आफ्नो निर्देशन अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री देउवाले आइतबार नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा भने, ‘तत्काल सम्बन्धन नै खारेज गर्न पुनः निर्देशन दिनेछु, नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु।’ आजको कान्तिपुरमा समाचार छ ।
भेटमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ‘मेडिकल कलेजको सम्बन्धन नै खारेज गराउनोस्, स्थगन गर्दा त्रिविका पदाधिकारीले पुनः चलखेल गरेर सम्बन्धन दिन सक्छन्’, भन्दै ध्यानाकषण गराएपछि प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई उपकुलपति खनियाँले उलंघन गरेको बताएका हुन्।