देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचार नियन्त्रणको कुरा स्टन्टबाजी नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाल बार एसोसिएसनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई बुधबार काठमाडौंमा आयोजित सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।’

उनले हिजो बिहान उठेर सामाजिक सञ्जाल हेर्दा हिन्दीमा प्रधानमन्त्री केपी ओलीकी पत्नि राधिका शाक्यको स्विजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्ने सुनेको भन्दै यस्तो सुन्दा रिस उठ्नुपर्नेमा अब त रिस नै उठ्न छोडेको बताए ।

हरेक देशका संविधान संशोधन हुने भन्दै संविधान नभएका देशमा नजिर रहने र ती नजिर समेत संशोधन गरिने गरेको प्रधानमन्त्रीले बताए ।

उनले कानुन बनाउँदा र संशोधन गर्दा कानुन व्यवसायीहरूका मागलाई समेत केन्द्रविन्दुमा राखेर गरिने बताए ।