देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा

देशान्तर

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।

साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए । यसैबीच लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको हो । साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन् अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ ।