देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशबारे छलफल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।

संघीय संसदबाट आज अध्यादेश स्वीकृत गर्ने तयारी छ । अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ । आजको बैठकमा गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेको विषयमा पनि छलफल हुने बताइएको छ । सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिने तयारी छ ।