देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिन्दू राष्ट्रका लागि पार्टीद्वारा सडक आन्दोलन घोषणाः लोहनी

देशान्तर

काठमाण्डौ

 

हिन्दू राष्ट्र कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दू राष्ट्र कायम गरिछाड्ने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन बुधबार, विहिबार र शुक्रबार काठमाडौंमा सडक संघर्ष गर्ने निर्णय गरिएको जानकारी दिए । आज राजधानिमा पत्रकार सम्मेलन गरी लोहनिले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुनस्र्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजी गर्न पनि सरकारलाई सडकबाटै दबाब दिने बताए ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिकका तर्फबाट सांसदहरु बनाउन नहुने दाबी पनि गर्दै आएको छ ।सडक संघर्षका कार्यक्रम अनुसार बुधबार काठमाडौंको विभिन्न ठाउँमा कोण सभा आयोजना गरिनेछ । विहिबार मोटरसाइकल र्याली र शुक्रबार बबरमहल अगाडि जम्मा भई संसद भवन अगाडि जुुलुस र आमसभा आयोजना हुनेछ ।