देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाधिवेशन तोकिएको समयमै -महामन्त्री थापा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् ।
महामन्त्री थापाले अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन तथा अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।