देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनचाँदीको मूल्य बढ्यो

देशान्तर

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।

आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।