देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकाबाट निष्कासनमा परेका नेपालीहरूसँग सोधपुछ

देशान्तर

काठमाडौं । नेपाल प्रहरीले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ ।
अमेरिकी विमानको चार्टर उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड भएलगत्तै अध्यागमनले केही प्रक्रिया पु¥याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पु¥याइएका उनीहरूलाई सोधपुछ गरिएको हो ।


प्रारम्भिक सोधपुछका क्रममा केही नेपाली ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उल्लंघनको अभियोगमा फर्काइएको पाइएको प्रहरीले जनाएको छ ।
बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो ।