देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद्को बैठक बेलुकि बस्दै

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज साँझ ६ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक बिषयमा छलफल हुने जनाइएको छ । बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा पनि छलफल हुने जनाएको छ ।
सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ऊर्जामन्त्री दिपक खड्कामार्फत पटकपटक स्पष्टीकरण सोधिसकेको छ । अन्तिम स्पष्टीकरणको जवाफमा घिसिङले आफूलाई मन्त्रिपरिषद्ले मात्र हटाउन सक्ने जवाफ फर्काएका छन् ।