देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घिसिङबारे सदनलाई जानकारी गराउन रुलिङ

देशान्तर

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले घिसिङबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ मागेका थिए । यो विषयमा रुलिङ गर्न सभामुखसँग आग्रह गरेका थिए ।

उनले भने, ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय अन्य माननीयहरूले शून्य विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु ।