काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य सामान्य बनेसँगै चार दिन पछि बिहीबार बिहान डिस्चार्ज गरिएको हो ।
निवासमै हृदयघात भएपछि आइतबार साँझ उनी नर्भिकमा भर्ना भएका थिए ।
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।





प्रतिक्रिया