देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ : महामन्त्री कोइराला

देशान्तर

पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताएका छन् ।   १०४ औं बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरा–लेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उनले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको बताए ।

डा कोइरालाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिए । सो अवसरमा बिपी ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने विचार व्यक्त गरे ।

वडा समन्वय समितिका सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा तुल्सी भट्टराई, निर्मला ढुंगाना, चिनियाँ थापालगायतले बिपीको योगदानमाथि प्रकाश पारेृका थिए ।