देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

देशान्तर


काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएका छन् ।

विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको, वैठक बसेर संगठनका क्रियाकलापहरु अघि बढाउन अध्यक्षलार्इ भने पनि सुनुवाई र पहल नगरेका कारण आफुहरुले सामुहिक राजिनामा दिएको सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

राजिनामा पत्रमा उनिहरुले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् । राजीनामा पत्रमा उनिहरुले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् । राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् ।