देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ आजको संसद् बैठकको दैनिक कार्यसूची

देशान्तर

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बैठक बोलाइएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐनको दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र–८० र २०८०–८१ पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

उता शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।