देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, तोलाको कतिमा हुँदै छ कारोबार ?

देशान्तर

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। बुधबार ७ सय रुपैयाँले घटेको सुन आज ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला चाँदी १९ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।