देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले संसदीय दलको बैठक आह्वान

देशान्तर

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो ।