देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामीलाई गतिलो जवाफ दिन्छौँ : प्रचण्ड

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामीहरूलाई गतिलो जवाफ दिने बताएका छन्।

शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धिहरूलाई खोस्ने दुस्साहस गरेको बताएका हुन्। अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठुलो आन्दोलन समेत गर्ने उनले बताए।

प्रचण्डले समग्रमा सवैतर्फ माओवादीको गतिशीलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चुनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे। उनले २०८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे।