देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलनरत विद्यालय कर्मचारीले गठन गर्‍यो समन्वय कमिटी

देशान्तर

काठमाडौं । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले समन्वय कमिटी बनाएको छ। बुधबार साँझ बसेको परिषद्को भर्चुअल बैठकले अध्यक्ष गंगाराम तिवारी संयोजकत्वमा समन्वय कमिटी बनाएको हो।

उक्त कमिटीले जारी आन्दोलनलाई उपलब्धिमूलक बनाउन तथा शिक्षा ऐन जारी हुने संघारमा भेटघाट, वार्ता, छलफल पश्चात गरिने सम्पूर्ण माध्यमबाट संस्थागत उपलब्धि प्राप्तिका लागि काम गर्नेछ।

नौ सदस्यीय कमिटीमा संयोजक गंगाराम तिवारी, सहसंयोजक प्रदीप श्रेष्ठ र सदस्यहरूमा शान्तिनाथ योगी, राजकुमार घिमिरे, मेलिना आचार्य, मधु भुर्तेल, रामशरण फुयाल, सुशीला खनाल र सुधीर लामिछाने छन्।

परिषद्ले शिक्षक र कर्मचारी बीचको विभेद अन्त्य गर्न, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्न, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्न, तलबमान कायम गर्न, विद्यालय कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन, तोकिएको समयमा शिक्षा ऐन जारी गर्न र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न आफूले आन्दोलन गरेको जनाएका छन्।