देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

देशान्तर

काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।

ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’

दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्। यद्यपि, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन्।

दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन्। उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ।

पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग पनि कुरा गरेका थिए।